माध्यमिक विद्यालयमा २१ कोठे सुविधा सम्पन्न भवनमा काे उद्घाटन ।

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, जेठ ०१, २०८१

८०३  पटक हेरिएको

माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको श्री पब्लिक माध्यमिक विद्यालय काे नवनिर्मित भवन काे उद्घाटन सम्पन्न भएको छ । संघिय सरकार ले नमुना विद्यालय कार्यक्रम अन्तर्गत ३ तले भवन र रंगेली नगरपालिकाको पूर्ण अनुदानमा २ तले भवन गरि २१ कोठे सुविधा सम्पन्न भवनमा सुविधा सम्पन्न छात्र,छात्रा हरुका ट्वाईलेट, छात्रा का लागि मैनावारी भएको समयमा अतिआवस्यक पर्ने चेन्जिङ रुम सहित भवन काे समेत उद्घाटन भएको छ ।

कार्यक्रम काे प्रमुख अतिथि रंगली नगरपालिकाका मेयर दिलिप वगडिया विशिष्ट अतिथि उपमेयर भूमा पराजुली, शिक्षा विकास तथा सम्न्वय इकाइ मोरङका इकाइ प्रमुख टंक प्रसाद गौतम, कार्यकारी अधिकृत ओमकार न्यौपाने, वडा अध्यक्ष रामचन्द्र मण्डल, सुजित कुमार मण्डल , पुर्व शिक्षक सुरेश मिश्रा, श्यामलाल शर्मा, वीरेन्द्र कुमार साह, समाजसेवी भिखमचन्द सरल , संस्थागत विद्यालयका विकर्ण कार्की , समाजसेवी मनोज अग्रवाल, मचिन्द्र कटुवाल , पुनम सापकोटा, विद्यालयका प्रधानाध्यापक अरबिन्द कुमार साह , शिक्षा अधिकृत रबिन्द्र पंडित, विद्यालयका शिक्षक शिक्षिका स्थानीय राजनीतिक दलका व्यक्ति पूर्व शिक्षक लगायतको समेत उक्त कार्यक्रममा सहभागिता रहेको थियो।

पानसमा बत्ति बालेर प्रमुख अतिथिबाट कार्यक्रम काे शुभारम्भ गरिएका थियोे । वि.सं. २००८ सालमा मिडिल स्कूलको रुपमा स्थानीय चैनवाला धर्मशालाबाट शुभारम्भ भएको यस विद्यालयले भौतिक, शैक्षिक र प्राविधिक प्रगति गरी यस क्षेत्रमै अग्रणी स्थान ओगट्न सफल भएको र यस विद्यालयलाई नमुना विद्यालयको रुपमा शिक्षा विभागबाट स्वीकृत भइ कार्यान्वयन समेत भईरहेकाे र यस विद्यालयमा प्राविधिक शिक्षा राष्ट्रिय शैक्षिक नीति अन्तर्गत शिक्षण गराउन प्राविधिक विद्यालय डिप्लोमा इन सिभिल इन्जिनियरिङ सञ्चालन गर्न सम्बन्धन भई हाल सञ्चालनमा आइरहेको बिधालय का प्रधानाध्यापक अरबिन्द कुमार साह ले बताए।

बिधालय ले शैक्षिक सत्र २०८० मा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कक्षा १० मा अध्ययनरत छात्रा पूजा कुमारी मण्डल ले रंगेली नगर स्तरीय, जिल्ला स्तरीय मोरङ, कोशी प्रदेश स्तरीय ज्याबलिङ थ्रो खेलमा प्रथम स्थान हासिल गरी राष्ट्रिय स्तरको खेलमा सहभागी भई रगेली नगरपालिका, मोरङ जिल्ला तथा कोशी प्रदेशको नाम राख्न सफल भएकाे मां रंगेली नगरपालिकाका मेयर दिलिपगडिया ले उक्त छात्रालाई आफ्नो व्यक्ति गत रुपमा ल्यापटप दिएर पुरस्कृत गरी हस्तान्तरण गरेका छन् ।

जग्गा दाता भजनी देवी गोढी र दखनैया देवि गोढी काे परिवारको सदस्य धनसरी देवी गोढी लाई बिधालयले जग्गादाताको रूपमा जग्गादाता परिवारलाई दोसल्ला ओढाउनुको साथै मायाको चिन्ह समेत प्रदान गरेर सम्मान गरेको छ । मेयर बगडियाले निज धनसरीलाई आफ्नो तर्फबाट चाँदीको सिक्का समेत व्यक्तिगत रूपमा उपहार स्वरूप प्रदान गरेर सम्मान गरेका छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!