महानगरको आयोजनामा सहकारीका लेखा कर्मचारीलाई लेखासम्बन्धी तालिम

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, जेठ ०१, २०८१

१०२४  पटक हेरिएको

विराटनगर ।  विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा मंगलबारदेखि लेखा तथा पल्र्स तालिम सुरु भएको छ ।तालिमको महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गर्नुभयो । पाँचदिनसम्म सञ्चालन हुने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तवी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरु, अन्तिम खाता, पल्र्सको उपयोग, पल्र्सको परिचय, पल्र्सको महत्व, वित्तीय सहकारीमा यसको उपयोगितालगायतका विषयमा प्रशिक्षण दिइने महानगरको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिनुभयो ।

महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरुको क्षमता विकासका लागि सहकारी लेखा तथा पल्र्स तालिम आयोजना गरिएको कार्कीले बताउनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका संयोजक घिमिरेले पछिल्लो समय सहकारीप्रति आमर्वसाधारणको नकारात्मक धारणा बन्दै गएको बताउनुभयो ।

उहाँले केही सहकारीका कारण समग्र सहकारीमाथि नै जनताको अविश्वास बढ्दै गएको चर्चा गर्नुभयो । लेखा प्रणाली चुस्तदुरुस्त राख्न सकिए सहकारीमा हुने हिनामिना र अपचलन रोक्न सकिने घिमिरेको भनाइ थियो । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले राज्यले तीनखम्बे नीतिमा सहकारीलाई समेटे पनि व्यवहारमा लागू गर्न नसकेको आरोप लगाउनुभयो ।

रोजगारी सिर्जनासँगै ग्रामीण क्षेत्रसम्म वित्तीय वित्तीय पहुँच पु¥याउन सहकारीको अहम् भूमिका रहेको पोखरेलले बताउनुभयो । सो अवसरमा सहकारी बैंक विराटनगर शाखाका प्रमुख चिरञ्जीवी तिम्सिना, नेफ्स्कुन विराटनगर शाखाका अध्यक्ष लक्ष्मणप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा सहकारी विज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गर्नुहुनेछ । सो तालिममा ३५ जना लेखा कर्मचारीको सहभागिता रहेको छ । विराटनगर महानगरको क्षेत्राधिकारभित्र १ सय ७३ वटा सहकारी सञ्चालनमा रहेका छन् । महानगरले गत वर्ष पनि ३५ वटा सहकारीका लेखा कर्मचारीलाई तालिम दिएको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!