रंगेली अस्पताल अगाडि जेब्राक्रसिङ

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, जेठ ०२, २०८१

६८२  पटक हेरिएको

मोरङ। मोरङको रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत रङ्गेली अस्पताल अगाडि जेव्राक्रसिङ बनाईएकाे छ । दिनप्रतिदिन रंगेली अस्पताल मा बिरामी हरु काे चाप बडदै गएपछि व्यस्त सडकमा बिरामी हरु लाई जेव्राक्रसिङ बाट आवतजावत गर्ने सहज हुने र सडक दुर्घटना समेत न्युनिकरण गर्ने उदेश्य का साथ अस्पताल प्रसाशन, रंगेली प्रहरी , ट्राफिक बिट र स्थानीय हरु काे सहयोगमा जेब्राक्रसिङ बनाईएकाे छ ।

अस्पतालमा उपचार गर्ने आउने बिरामी तथा वृद्धाहरू लाई सडक बारिपारी गर्ने असहज भए पछि सबै पक्षकाे सहयोगमा सडकमा जेब्रा क्रसिङ बनाए काे रंगेली प्रहरीले जनाएको छ । अस्पताल अगाडि जेब्रा क्रसिङ नहुँदा बिरामी हरु लाई आवतजावतमा समस्या हुने गरेको र सडक समेत पार गर्नलाई समस्या भए पछि इलाका प्रहरी कार्यालय रंगेली र ट्राफिक बिट काे आयोजना तथा स्थानीय हरु काे सहयोगमा जेब्रा क्रसिङ बनाईएकाे रंगेली प्रहरी ले जनाएको छ ।

रंगेली कानेपाेखरी सडक काे मुख्य मुख्य चाेकमा ट्राफिक प्रहरीले सडकमा राखिने प्लास्टिकको काेड राखे ठुला सवारी हरु ले ओभरटेग गर्ने नसक्ने र दुर्घटना समेत नहुने भएको ले साे बिषयमा सम्धित नियकाले ध्यान दिए दुर्घटना नियन्त्रण हुने रंगेली ट्राफिक बिट का ईन्चार्ज नारद बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!