वरिष्ठ अन्तरिक्ष वैज्ञानिक जिगलरद्वारा चन्द्रमाको चट्टान प्रदर्शनी

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, जेठ ०३, २०८१

१३५८  पटक हेरिएको

विराटनगर । नासाका वरिष्ठ अन्तरिक्ष वैज्ञानिक डा. र्यान जिगलरले चन्द्रमाको चट्टान लिएर विराटनगर आउनुभएको छ। सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा नं. ५ मा तीन दिनसम्म चट्टानको प्रदर्शनी आयोजना गरिने भएकाले उहाँ विराटनगर आउनुभएको हो।

एभरेष्ट साइन्स सेन्टर नेपालले वैज्ञानिक जिगलरलाई विराटनगर विमानस्थलमा स्वागत गरेको छ। जेठ ३, ४ र ५ गतेसम्म हुने प्रदर्शनीमा डा. जिगलरले चन्द्रमाको चट्टान विज्ञानको विषयमा प्रस्तुति दिने र चट्टानका बारेमा विस्तृत जानकारी प्रदान गर्ने कार्यक्रम रहेको छ।

यस अवसरमा एभरेष्ट साइन्स सेन्टर नेपालका अध्यक्ष डा. दिलीप अधिकारीले चन्द्रमाको चट्टान प्रदर्शनीको महत्व बुझ्दै डा. जिगलरलाई स्वागत गर्नुभएको थियो। उनले एभरेष्ट साइन्स सेन्टरको यो कदमले स्थानीय विद्यार्थी र जनतामा विज्ञानप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गरे।

वैज्ञानिक डा. जिगलरले चन्द्रमा अन्वेषण तथा अन्तरिक्ष विज्ञानका बारेमा सामान्य नागरिक र विद्यार्थीहरूलाई जानकारी दिन पाउँदा खुसी लागेको बताए। उनले चन्द्रमाका बारेमा विज्ञानिक अध्ययनलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!