१२२२० पटक हेरिएको
विराटनगर । गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई मानवीय पुरस्कार ग्लोबलले पुरस्कृत गर्ने भएको छ ।
मानवीय पुरस्कार ग्लोबल–घानाले समाजमा प्रभाव पार्ने काम गरेको भन्दै उनलाई पुरस्कृत गर्न लागिएको हो ।
परिवर्तन निर्माताहरू, स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू, समजमा सहयोग गर्ने कम्पनीहरू वा निगमहरू र मानव सेवी पेशेवरहरूलाई पहिचान गर्न, सम्मान गर्न र मनाउन स्थापना गरिएको गरिएको सो संस्थाले घिमेरीले समाजमा सकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै पुरस्कृत गर्न लागेको जनाएको छ ।
सोमनाथ घिमीरेको नेतृत्वमा गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाले बिषेश गरी कोरोना कहरका बेला निःस्वार्थ समर्पण र प्रेरणाको काम गरेकोे थियो ।
पुरस्कृत गर्ने संस्थाले घिमिरेले विभिन्न क्षेत्र र समुदायहरुको समर्थनमा मानवीय पुरस्कार ग्लोबलको व्यवस्थापनले गरेको कामको उच्च मुल्याकन गर्दे “मानवीय पुरस्कार ग्लोबल” बाट पुरस्कृत गर्ने जनाएको छ ।
मानवीय पुरस्कार ग्लोबल–घानाले प्रत्येक वर्ष विश्व भरि बाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरुलाई छनौट गरेर यो पुरस्कार दिदै आएको छ । यस बर्ष २०२३ मा ३३ वटा राष्ट्र बाट ४४ जनाले मानवीय पुरस्कार ग्लोबलले सम्मानित हुदैंछन।