आफ्नो वडाको सम्पुर्ण छोरीहरुलाई निशुल्क स्नातक तह पढाउने वडा अध्यक्ष अनिल कुमार ठाकुर

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, भाद्र १२, २०८०

४१९४  पटक हेरिएको

विराटनगर । जहदा गाउँपालिका वडा नम्बर ३का अध्यक्ष अनिल ठाकुरले वडा वाट स्नातकतहमा अध्ययनरक्त सवै छात्राको कलेजमा लाग्ने दस्तुर तिर्ने भएको छ । शिक्षित जहादा समृद्ध जहदा मुल नाराका साथ वडा अध्यक्ष ठाकुरले उच्च शिक्षामा छोरीको पँहुच हाम्रो अभियान अन्तर्गत स्नातक तहमा अध्ययनरक्त वडाका छोरीहरुलाई स्नातक तहमा अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च तिर्ने निर्णय गरेको हो ।

वडा कार्यालयमा एक कार्र्यक्रमको आयोजना गरेर सो वडा वाट स्नातकतहका अध्ययनरक्त १५ जना छात्रालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गर्दे उनले वडा वाट स्नातकतहमा अध्ययन गर्ने छात्राहरुलाई कलेजमा लाग्ने सवै शुल्क तिर्ने निर्णय गरेको उनले जानकारी दिए । उनले भने –‘ स्नातकतह चाहि सरकारमा पढ्नु पर्ने छ । ‘

खर्चका कारण नै धेरै छोरीहरु उच्च शिक्षा हासिल गर्न बाट बञ्चित भएको महसुस गरेर आफुले उच्च शिक्षामा वडाका छोरीको सहज पहुँच बढाउन सम्पूर्ण खर्च तिर्ने कामको सुरवात गरेको उनले बताए ।अध्यक्ष ठाकुरले १५ जना वडाका स्नातकतहमा अध्ययनरक्त छात्राहरुलाई एक कार्यक्रमको आयोजना गरेर कपी , कलेजमा अध्यापन गराउने पाठ्यक्रम अनुसारको सवै किताव सहित ब्याग वितरण समेत गरेका छन् ।उनले वडा वाट लोकसेवामा सहभागी हुन आवश्यक पर्ने कोचिङ समेत गराउने उद्घोष गरे ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!