सत्तारुढ दलले अदालतदेखि संवैधानिक निकायलाई प्रभावित पारेको छ : गगन थापा

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, जेठ २५, २०८१

२१५०  पटक हेरिएको

बिराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दलले अदालतदेखि संवैधानिक निकायलाई प्रभावित गर्ने काम गरिरहेको आरोप लगाएकाछन् ।शुक्रबार विराटनगरमा विमानस्थलमा पत्रकारसंगको संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले वर्तमान सरकारमा रहेका दलहरुले अड्डा, अदालतदेखि संवैधानिक निकायसम्मलाई प्रभावित गर्दै सरकार र शक्तिको दुरुपयोग गर्ने काम गरिरहेको उल्लेख गरे।

महामन्त्री थापाले भने, ‘पछिल्लो समय शक्तिको आडमा गरिएको घटनाक्रम बन्द गरिनुपर्छ। सरकारमा संलग्न भएका पार्टीहरुले ब्यक्तिमाथि प्रश्न उठाउने, चाहे त्यो काँग्रेस समर्थित ब्यक्ति होस् चाहे त्यो प्रेसका मानिसहरु हुन् । यी सबैमाथि सरकार र शक्तिको दुरुपयोग गर्दै केही कामहरु गरेको हामीले देख्यौं । यो कुरा सरकारले तत्काल बन्द गरोस् ।’

महामन्त्री थापाले भने, ‘सरकारले विभिन्न दुरुपयोग नरोके, आउँदो बजेटको दुरुपयोग गर्न आफ्ना निहित उदेश्यहरु पुरा गर्न रोकेन भने यसले शान्ति प्रक्रिया लगायतका विषयहरुमा सरकारसंग एउटा समझदारी निर्माण गर्नु भन्ने हाम्रो चाहना हुदाँ हुदैपनि वातावरण विथोलिनेछ । हामी वातावरण नविग्रोस् भन्ने चाहान्छौ ।’

शान्ति प्रक्रिया टुङगाउन काँग्रेस इमान्दारपूर्वक लागिरहेको बताएका उनले भने, ‘सरकारले बजेटको विनियोजन चोर बाटो हुदै ल्याएको छ । बजेट समेत आफ्नो कार्यकर्ता पाल्ने, पोस्ने यसतर्फ सरकार लागेको छ । ’

कमेन्ट गर्नुहोस्
error: Content is protected !!