विराटनगर १ नम्बर वडाद्वारा ज्येष्ठ नागरिकलाई पंखा वितरण

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आषाढ १९, २०८१

८६४  पटक हेरिएको

विराटनगर। विराटनगर महानगरपालिका वडा नम्बर १ ले सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ । कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य खुश्बु विश्वकर्मा, सचिव भक्त गोराथोकी, वडासदस्य सुशील गुभाजु, लक्ष्मी राई, कर्मचारी सुमन दाहाललगायतले पंखा वितरण गरेका थिए ।

पहिलो दिन ४० जना ज्येष्ठ नागरिकलाई पंखा वितरण गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिए । त्रिवेणीमार्गस्थित ज्येष्ठ नागरिक चौतारीमा आयोजित कार्यक्रममा आउन नसकेका ज्येष्ठ नागरिकको घरमै पुगेर पनि पंखा वितरण गरिएको थियो । वडाध्यक्ष बस्नेतका अनुसार वडाभित्रका सबै १७० ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण गरिनेछ । कार्यक्रमस्थलमा आउन नसक्नेलाई घरमै पुगेर पंखा वितरण गरिनेछ ।

कार्यक्रम सफल बनाउन वडाका स्वास्थ्य स्वयमसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै वडाध्यक्ष बस्नेतले उनीहरुलाई धन्यवाद दिए । यसअघि वडाले ज्येष्ठ नागरिकहरूलाई स्वर्गद्वारीसहितका विभिन्न धार्मिक स्थलको ७ दिने भ्रमण कार्यक्रम आयोजना गरेको थियो । वडाले ज्येष्ठ नागरिक चौतारीमा बस्न र गफ गर्न आउनेहरुका लागि चियाको व्यवस्था पनि मिलाएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!