गायिका रचना रिमालको स्वरमा नयाँ गीत “माया गर्छु भन्न पनि” सार्वजनिक

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, आषाढ ३०, २०८१

४१२५  पटक हेरिएको

गायिका रचना रिमालको स्वरमा नयाँ गीत “माया गर्छु भन्न पनि” सार्वजनिक भएको छ । मनोविद् समेत रहेकी गीतकार प्रमीला वस्तीको शब्द रचना रहेको गीतमा संगीत विश्वनाथ प्रेमको छ । किरण कँडेलको एरेन्जमेन्ट रहेको गीतमा शम्भु तण्डुकारको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुन्दरी मोडल गरिमा शर्मा र प्रभात पाल ठकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ । गीतकार वस्तीको निर्माणमा तयार भएको गीतमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई नजिकबाट देखाइएको छ । जहाँ प्रेममा रमाइरहेको जोडीको खुशीलाई गरिमा र प्रभातको माध्यमबाट देखाइएको छ ।

उत्सव दाहालको छायांकन, राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!