पथरी शनिश्चरेमा डेंगु रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, साउन ०७, २०८१

१८८४  पटक हेरिएको

मोरङको पथरी शनिश्चरे नगरपालिकामा डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । गरिब तथा सीमान्तकृत समुदायको स्वास्थ क्षेत्रमा कार्यरत विश्वास परियोजना र सहारा नेपालको सहयोगमा पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित अन्तरक्रियामा डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा छलफल भयो ।

पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु , सरोकारवालाहरू सहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा डेंगु रोग सम्बन्धी जनचेतना अभिवृद्धि , रोकथामका उपायहरू र समुदायस्तरमा गर्न सकिने प्रयासहरूका बारेमा छलफल भएको थियो ।

अनतरक्रियामा पथरी शनिश्चरे नगरपालिका स्वास्थ शाखाका कर्मचारी जगत लिम्बुले स्वागत मनतव्य राख्दै डेंगु रोगका बारेमा प्रकाश पारेका थिए । उनले गत वर्ष नगरमा ५ हजार २ सय ८९ जनाको डेंगु परिक्षण गर्दा १९०२ जना संक्रमित भेटिएको र १ जनाको मृत्यु भएको तथ्यांक प्रस्तुत गरेका थिए भने यसवर्ष हालसम्ममा १ जनामा मात्रै डेंगु संक्रमण पुष्टि भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै वडा नंं १ का अध्यक्ष भिम कुमार राईले सबैको पहल र सक्रियतामा मात्रै डेंगु नियन्त्रण गर्न सकिने उल्लेख गर्दै समुदायको पहलमा डेंगु नियन्त्रण गरिनुपर्ने बताए । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा आयोजित कार्यक्रममा , उपप्रमुख देविमाया काफ्ले सहित कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख डाक्टर सुरेश मेहताले डेंगु रोग र यसको रोकथाम तथा नियन्त्रणका बारेमा सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!