सरकारले शोकमा दुई खालको व्यवहार गर्योः विश्वप्रकाश शर्मा

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन १३, २०८१

१२०४  पटक हेरिएको

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले विभिन्न विमान दुर्घटनामा देखाएको शोक व्यवहारमाथि प्रश्न उठाएका छन् । आज आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै शर्माले सौर्य एयर र यती एयरलाइन्सका विमान दुर्घटनामा सरकारले फरक व्यवहार गरेको बताए । उनले भने, “एउटै प्रकृतिका दुर्घटनामा पनि सरकारले फरक शोक व्यवहार देखाएको छ । यसले जनतामा भ्रम सिर्जना गर्छ ।”

शर्माले त्रिशुलीमा भएको बस दुर्घटनामा सरकारले कुनै खालको शोक घोषणा नगरेको उल्लेख गर्दै भने, “सरकारले यस्ता घटनामा एकरूपता कायम गर्नुपर्छ ।” उनले भने, “दुर्घटनामा परेका सबै नेपाली नागरिक हुन् । उनीहरुको निधनमा सरकारले समान भावना देखाओस् भन्ने हाम्रो माग छ ।”

कमेन्ट गर्नुहोस्
error: Content is protected !!