विश्वप्रकाशलाई हरिको चुनौती : डीआईजी केसीको बारेमा बोल्न सक्नुहुन्छ ?

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन १३, २०८१

११४४  पटक हेरिएको

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवाको विषयमा संसद्मा बोल्न चुनौती दिएका छन् ।

संसद्को आकस्मिक समयमा बोल्दै ढकालले डीआईजी केसीको सरुवा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएका छन् । उनले यसअघि शर्माले प्रहरी सरुवाका विषयमा संसद्मा प्रश्न उठाएको स्मरण गराउँदै यसपटक पनि केसीको सरुवाबारे बोल्न आग्रह गरेका हुन् ।

ढकालले नयाँ गठबन्धन र नयाँ सरकार बन्दै गर्दा आफूहरूलाई यो बन्नुका उद्देश्यहरू थाहा भएको बताउँदै अहिले त्यसका शृङ्खलाहरू देखिन थालेको टिप्पणी गरे । उनले मन्त्रीमण्डल गठनदेखि नै अनुसन्धानको घेरामा रहेका व्यक्तिहरूलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र प्रादेशिक मन्त्रीहरूमा पनि गुन्डा नाइकेहरू र अपराधमा संलग्न व्यक्तिहरूलाई नियुक्त गरिएको भन्दै आपत्ति जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!