
१९१५ पटक हेरिएको

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवामा आयोजित एक कार्यक्रममा कंचनपुर उप-शाखाका वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादवलाई समृद्धि पदकबाट सम्मानित गरिएको छ। कम्पनीले आर्थिक वर्ष २०८०/०८१ मा व्यक्तिगत तर्फ उत्कृष्ट व्यवसाय गरेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र संचालक समितिका अध्यक्ष गोबिन्द लाल संघाईद्वारा संयुक्त रूपमा जारी पत्रमा यादवको मिहिनेत र लगनशीलताको प्रशंसा गर्दै उनलाई समृद्धि पदक प्रदान गरिएको उल्लेख छ।
कंचनपुर उप-शाखाका प्रमुख जय कुमार दत्तका अनुसार यादव मधेश प्रदेशमा बिमा क्षेत्रको प्रेरणाको स्रोत बनेका छन्। उनले यो सम्मान पाएपछि आफ्नो कामप्रति अझ बढी जिम्मेवार महसुस गरेको र आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन्।
नेपाल लाइफ इन्स्योरेन्सले साउन ११ देखि १३ गतेसम्म भैरहवामा आयोजित तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रममार्फत आफ्ना कर्मचारीहरूलाई सम्मानित गरेको थियो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले कम्पनीले हालसम्म हासिल गरेका उपलब्धिहरूको बारेमा जानकारी गराएका थिए।
नेपाल लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख दशरथ झाका अनुसार मधेश प्रदेशका १६ जनाले समृद्धि पदक र १ जनाले सम्राट पदक जितेका छन्। देशभरबाट १ सय ९१ जना अभिकर्ताहरूलाई यस वर्ष विभिन्न पदकबाट सम्मानित गरिएको छ।