युएईमा ‘नेपाल आईडल विथ स्टेण्डअप कमेडी’ हुँदै

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, साउन १६, २०८१

१२२६  पटक हेरिएको

युएई । नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ । आगामी अगष्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार , फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोईराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले पहिलोपटक युएईमा प्रस्तुति दिन लागेका हुन । दले दाई उपनामबाट प्रख्यात कमेडियन सुमन कोईरालाको भने युएईमा यो दोस्रो शो हो । उनले यसअघि ईनासकै आयोजनामा दुबईमा शो गरिसकेका छन् ।

आगामी शनिबार (अगष्ट ३ तारिख) अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा हुने कार्यक्रमको व्यवस्थापन नेपाल ड्युड्स र द जात्रा ईभेन्टसले गर्दैछ भने माउन्ट ८८४८ रेष्टुरेन्ट , बिबिटी रेष्टुरेन्ट , भान्साघर रेष्टुरेन्ट , गृन स्काई ट्राभल्स लगायतले प्रायोजन गरेका छन् ।

त्यसैगरी आईतबार (अगष्ट ४ तारिख) बरदुबईस्थित क्लब एसके सेभेनमा आयोजना हुने कार्यक्रममा एनआरएनए युएई , ग्लोबल एनआरएनए , नेपाली समाज , तमु समाज , नमस्ते ट्राभल्स लगायत २८ बढी संघसंस्थाको सहयोग रहेको आयोजक ईनास युएईका अध्यक्ष एमडी बोहराले जानकारी दिए । कार्यक्रममा सहभागी हुने कलाकारहरुको टोलि आगामी शुक्रवार एयर अरेबियामार्फत दुबई उड्ने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!