विराटनगरको बाल माध्यमिक विद्यालयमा भवन निर्माणको रकम हिनामिनाको आरोप, अध्यक्ष र प्रधानाध्यापक आमनेसामने

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन २०, २०८१

११५४  पटक हेरिएको

विराटनगर–१३ स्थित बाल माध्यमिक विद्यालयका व्यवस्थापन एवं निर्माण समितिका अध्यक्ष रामचन्द्र महतोले आफूमाथि अख्तियार लाग्ने डरले प्रधानाध्यापक अभिनन्दन यादवमाथि रकम हिनामिनाको आरोपमा सत्यता नभएको खुलासा भएको छ ।

महतोले भवन निर्माण गरे वापत अतिरिक्त लाभ पाउने कहिँकतै बाटो नदेखेपछि प्रधानाध्यापक यादवमाथि पत्रकार सम्मेलनमार्फत आरोप लगाएको खुलासा भएको छ । महतोले आइतबार पत्रकार सम्मेलन गर्दै ४५ लाखमा सम्पन्न गरिनु पर्ने योजनामा विद्यालयका प्रधानाध्यापक यादवले ५१ लाखको बील भर्पाइ पेश गरेको आरोप लगाएका थिए । उनले दोश्रो योजना वापतको ६ लाख रकम निकासा नदिँदा आपूmहरूले मजदूरको ज्याला तिर्न नपाएको र मुख लुकाएर हिँड्नु परेको गुनासो गरेका थिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आ.व. ०७९÷०८० का लागि ४ कोठे भवन निर्माण अनुदान वापत महानगरपालिकाबाट ४५ लाख रूपैयाँको बजेट स्वीकृत गरिएको थियो । भवन निर्माणकालागि महतोको अध्यक्षतामा निर्माण समिति नै गठन गरिएको थियो । भवनको सम्पूर्ण निर्माण महतोकै प्रत्यक्ष रेखदेखमा गरिएको थियो । महतोले ४५ लाख रूपैयाँ निकासा गरिएकोमा प्रधानाध्यापक यादवले सोभन्दा ६ लाख बढी ५१ लाखको बील भौचर पेश पेश गरी अनियमितता गर्न खोजेकोले फरक फारकमा हस्ताक्षर नगरिएको दावी गरेका थिए ।

प्राविधिकको लागत स्टिमेट अनुसार निर्माण समितिमार्फत कार्य सम्पन्न भएको र प्राविधिकको अन्तिम बील अनुसार शिव हार्डवेयर, गणेश सप्लायर्स, अनुपलाल मण्डल, बैजनाथ चौधरी, सकलदेव महतो र सुरेश महतोका नाममा भुक्तानी गरी ४४ लाख २९ हजार ८८२ रूपैयाँ खर्च भएको विद्यालयको चलानी नम्बर १३० बमोजिम २०८१ असार २६ गते प्रधानाध्यापक यादवले शिक्षा शाखाका अधिकृत कृष्ण भट्टराईलाई पेश गरिएको पत्रमा उल्लेख छ ।

विद्यालय निकट सुत्रका अनुसार योजना प्राप्त भएपछि भवन निर्माणका लागि निर्माण समिति गठन गरिन्छ । व्यवस्थापन समितिका सदस्य एवं अध्यक्ष निर्माण समितिका पदाधिकारी रहने गरेका छन् । भवन निर्माणमा समितिकै प्रत्यक्ष निगरानी रहने हुनाले विद्यलाय, प्रधानाध्यापक र उनी मातहतका शिक्षक कर्मचारीको प्रत्यक्ष संलग्नता नहुने सुत्र भन्छ । भवन निर्माणका बेला लाग्ने खर्च मात्र विद्यालयले निकासा गर्ने गरेको छ ।

महतोले भवन निर्माणका लागि ठेकेदार अनुपलाल मण्डललाई जिम्मा दिएको र पछि आफ्नै नजिकको व्यक्ति श्याम नारायण महतोलाई निर्माणको जिम्मा दिइएको सुत्र दावी गर्छ । फरक–फरक व्यक्तिबाट ५१ लाख पु¥याएर बील भौचर पेश गरिएको तर प्रधानाध्यापक यादवले ४५ लाखभन्दा एक रूपैयाँ पनि दायित्व नस्वीकार्ने भन्दा फरकफारकमा मेहताले हस्ताक्षर गर्न नमानेको सुत्र भन्छ ।

महानगरका ओभरसीयर उमेश शंकर र इन्जिनियर विनम दाहालले तयार पारेको कार्य सम्पन्न प्रतिवेदनमा ४ कोठे पक्की भवन निर्माणका लागि सम्झौता रकम ४५ लाखमध्ये ४४ लाख ९३ हजार ४२ रूपैयाँ खर्च भएको व्योहरा उल्लेख छ । प्रतिवेदनमा समितिका अध्यक्ष महतोले हस्ताक्षर गरेका छैनन् भने ओभरसीयर शंकर, इन्जिनियर दाहाल र प्रधानाध्यापक यादवको हस्ताक्षर छ । शिक्षा शाखाका प्रमुख भट्टराईले विद्यालयको पक्की भवन निर्माणको कार्य सम्पन्न प्रतिवेदन प्राप्त भए पश्चात दोश्रो योजना संचालनमा ल्याइएको जानकारी गराए । उनले ६ लाखको लागतमा प्लाष्टर र भ्mयाल ढोकाको काम सम्पन्न भएपनि मेहताले अघिल्लो प्रतिवेदनमा हस्ताक्षर नगरेकाले रकम निकासामा बाधा उत्पन्न भएको बताए ।

महतोले ४५ लाख अनुदान आएकोमा प्रधानाध्यापक यादवले ५१ लाख रूपैयाँको खर्च बील समितिको बैठकमा पेश गरेकाले आफूले फरकफारकमा हस्ताक्षर नगरेको बताए । उनले लाभको लोभमा महानगरका शिक्षा महाशाखा प्रमुख भट्टराई, लेखाका सञ्जीव भट्टराई लगायतको भूमिका संदिग्ध रहेको बताए ।

प्रधानाध्यापक यादवसँग सम्पर्क गर्दा उनले निर्माण समितिले भवन निर्माणको सबै कामको रेखदेख गर्ने हुनाले यसमा आफूहरूको कुनै संलग्नता नहुने हुँदा रकम अनियमितताको कुनै प्रश्नै नउठ्ने स्पष्ट पारे । उनले महानगरको प्राविधिकको अन्तिम बीलमा महतोले के कारणले हस्ताक्षर गर्न नमानेको हो सो आफूले बुभ्mन नसकेको बताए । यादवले रकम तलमाथि र अनुदानभन्दा बढी बील प्रस्तुत् गरिएको विषयमा आफूभन्दापनि निर्माण समितिले वास्तविक कुरा बताउन सक्ने बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!