मर्यादित मिडियाले नागरिकको सम्मान जोगाउँछ स् राष्ट्रपति पौडेल

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, साउन २१, २०८१

१५८९  पटक हेरिएको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाले मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताउनुभएको छ । सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा प्रेस काउन्सिल नेपालका पदाधिकारीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले नयाँ मिडियासहितले ल्याएका चुनौतिलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले प्रेस काउन्सिलको भूमिका अहम् रहेको भन्दै यसलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

भेटमा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे संक्षिप्त रुपमा अवगत गराएको थियो । अध्यक्ष बस्नेतले युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न कार्य गर्दै आएको जानकारी दिनुभयो ।

अबको पत्रकारिताको धार समाधानमुखी र रचनात्मक बनाउन विभिन्न संवाद श्रृङ्खलाहरु काउन्सिलले थालेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!