
१५३१ पटक हेरिएको

भारतको नयाँ दिल्लीमा भएको विमस्टेक बिजनेस समिट २०२४ मा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्री अनिल कुमार साहज्यूले नेपालको प्रतिनिधित्व गर्नुभएको छ।
विगत वर्षहरू झैँ यस वर्ष पनि भारतको परराष्ट्र मन्त्रालय र कन्फेडरेशन अफ इन्डियन इण्डष्ट्री (सिआईआई) को संयुक्त आयोजनामा भएको यस समिटमा विभिन्न देशका संघ/संस्था र उद्योगी/व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। नेपालबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यू पनि सहभागी हुनुभएको थियो।
सन् १९९७ मा स्थापित विमस्टेक (Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation) एक क्षेत्रीय संस्था हो जसमा नेपाल, भारत, भुटान, बंगलादेश, म्यानमार, थाईल्याण्ड र श्रीलंका गरी सात वटा देश सदस्य रहेका छन्।