रतुवा खाेलामा ३ सय मिटर खाेला तर्ने ढुङ्गा प्रयोग

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, साउन २३, २०८१

१३९६  पटक हेरिएको

बिराटनगर । माेरङ र झापाकाे सिमानामा रहेको रतुवा खाेलामा अहिले दुईवटा ढुङ्गा ( नाउ) सन्चालनमा आएको छ ।  बिगत ११ बर्ष देखि पुल काे  निर्माण कार्य सम्पन्न भएता पनि बर्षाेनी उक्त खाेलामा आउने बाडिका कारण प्रत्येक बर्ष साे भेगका सर्वसाधारण हरु समस्या झेल्न बाध्य रहेका छन ।   रतुवा खाेलमा सामान्य पानी आउदा समेत खाेलामा कहिले नाँउ काे माध्यम बाट त कहिले भाटाकाे पुल बाट आवतजावत गर्ने बाध्य भएका हुन ।

खाेलामा अहिले ढुंगा बाट आवतजावत गरिरहेका छन ।  एउटा माेटरसाईकल खाेला पारी गरेको नाउँमा ७० रुपैयाँ र साईकल काे ३० रुपैयाँ सम्म  लिने गरेका  छन ।   प्रत्येक बर्ष खाेलामा आउने बाडिका कारण आफुहरु ज्यानै जाेखिम मा राखेर आवतजावत गरिरहेकाेे स्थानीयले बताए ।

माेरङ बाट गाैरिगञ्ज जानका लागि याे खाेला बाट ३ किलोमिटर मा पुगिने भएता पनि भारत बाट ३० किलोमिटर काे यात्रा पूरा गरेर  जानुपर्ने र   बर्षाकाे समयमा भारत हुदै जान का लागि १ घण्टा सम्म गएर  जानुपर्ने बाघ्यता रहेको  स्थानीयले बताए ।  हुलाकी राजमार्ग काे लागि आवतजावतमा सहज हाेस भनेर  निर्माण भएको यो पुल अहिलेसम्म बेकामे बनेको छ । २०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास गरी निर्माण शुरु गरिएको पुल निर्धारित समयभन्दा झण्डै ५ वर्षपछि २०७२ साल जेठमा सम्पन्न भएको थियो ।

उक्त पुल  १० करोड ४१ लाख ९४ हजार ९ सय २८ रुपैयाँ लागतमा निर्माण गरिएको हो । २०६५  साल मा   भाैतिक तथा निर्माण मन्त्री  रहदा बिजय कुमार गच्छेदार  ले शिलान्यास गरेकाे साे पुल हाल सम्म पनि निर्माण सम्पन हुन सकेको  छैन ।  प्रत्येक दिन खाेला बाट उक्त ढुङ्गा बाट ३ सय देखि ५ सय सम्म आवत जावत गर्ने गरेका छन ।

चुनाव काे समयमा खाेला मा तटबन्धन   बाँधने  नारा लिएर  चुनाब  जितेका नेता हरु अहिले  खाेला फर्काउने   कुनै पहल समेत नगरेको स्थानीयले आराेप समेत  लगाए ।  साे पुल निर्माण भए  र संन्चालनमा आएमा बिराटनगर देखि भद्रपुर सम्म आवत जावत गर्नेका लागि सर्वसाधारण हरुलेे बिराटनगर ,ईटहरी, दमक  र बिर्तामोड जाने झन्झट बाट मुक्त पाउने र हुलाकी राजमार्ग काे बाटो आवत  जावत गर्ने   छाेटाे र सहज हुने  स्थानीय हरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!