बिर्तामोड उद्योग वाणिज्य संघलाई निःशुल्क पानी प्रशोधन मेसिन

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, साउन २४, २०८१

१२६७  पटक हेरिएको

बिर्तामोड। उद्योग वाणिज्य संघलाई निलकण्ठ ट्रेड एण्ड सप्लायर्स (एनके) ले एक थान पानी प्रशोधन मेसिन निःशुल्क प्रदान गरेको छ । भारतीय ब्राण्ड प्युरोसिसको नेपालका लागि आधिकारिक बिक्रेता एनकेले संघको कार्यालयमा आयोजित एक कार्यक्रमबीच यो मेसिन हस्तान्तरण गरेको हो ।

एनकेका प्रतिनिधि कञ्चना पोखरेल र मञ्जुश्री संग्रौला गिरीले संघका अध्यक्ष राजु न्यौपानेलाई मेसिन हस्तान्तरण गर्दै यस मेसिनका विशेषताहरूका बारेमा जानकारी गराएका थिए । अध्यक्ष न्यौपानेले एनकेको यो सहयोगप्रति आभार व्यक्त गर्दै यसले संघका सदस्यहरूलाई स्वच्छ पानी उपलब्ध गराउन सहयोग पुग्ने बताए ।

एनकेका अनुसार, उनीहरूसँग हालसम्म आठ हजारको हाराहारीमा पानी प्रशोधन मेसिनका ग्राहकहरू छन् । यो मेसिनको बजार मूल्य झण्डै ४० हजार रुपैयाँ रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!