उपचारको क्रममा अस्पतालबाट फरार भएका कैदी पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, साउन २४, २०८१

१५६५  पटक हेरिएको

मोरङ । उपचारको क्रममा अस्पतालबाट फरार भएका कैदी बिराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय मोहमद अहमदलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई जहदा गाउँपालिका-१ तारेगाबाट पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई अहमद जिल्ला कार्यागार मोरङमा २०७९ फागुन २९ गतेबाट कैद भुक्तान गरिरहेका थिए । पेट दुख्ने बिरामी भई गत साउन १५ गतेबाट कोशी अस्पताल बिराटनगरमा उपचार गराई रहेका उनी साउन १७ गते बिहान शौचालय जाने क्रममा भागी फरार भएका थिए ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!