पर्सा एकीकृत समाजवादी माथि किन ध्यान दिदैन केन्द्रिय नेतृत्वले ?

Logo
रंजित चौरसिया प्रकाशित शुक्रबार, आश्विन ०५, २०८०

३४२३  पटक हेरिएको

पर्सा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि विधानलाई मिच्दै हैकमबादी चलाउन खोजे पछि उनको आतंकका कारण माधव नेपालले जिल्ला– जिल्लामा समानान्तर कमिटी बनाउन थाले ।

पर्सामा पनि भिस्वा होटलमा माधव नेपालको बिचार समुहले १७५ सदस्यीय पर्सा एमालेको समानान्तर कमिटी घोषणा गरे । जसमा प्रमुख अतिथि माधव नेपाल र विशिष्ट अतिथि घनश्याम भुषाल थिए । सो समानान्तर कमिटीको अध्यक्षको हैसियतले बालगोपाल थापालाई प्रमुख अतिथि नेपालले सपथ खुवाए । त्यसको केही महिना पश्चात एमालेबाट बिद्रोह गरेर माधव नेपालको नेतृत्वमा कम्युनिष्ट आन्दोलनबाट भएका उपलब्धिहरु जोगाउनका निमित्त नेकपा एकीकृत समाजवादीको जन्म भयो ।

एमालेमै रहदां बालगोपाल थापाको अध्यक्षतामा बनेको समानान्तर कमिटीलाई वीरगंजको बसपार्क स्थित सोल्टी गार्डेन होटलमा एकीकृत समाजवादी जिल्ला कमिटी घोषणा भएको थियो । जसमा पार्टीका मधेश प्रदेश ईन्चार्ज धर्मनाथ साह र प्रदेश अध्यक्ष रामचन्द्र यादवको विशेष उपस्थिति रहेको थियो । सो कार्यक्रममा अध्यक्ष बालगोपाल थापाले म भिस्वा होटलमा अस्ति सपथ खाईसकेको हुनाले आज उपस्थित जिल्ला कमिटीको सदस्यहरुले मात्र सपथ खानुपर्ने उर्दी जारी गरेका थिए ।

भिस्वा होटलमा माधव नेपालको बिचार समुहको नाताले सपथ खाएका अध्यक्ष थापाको कार्यशैली प्रति कैयौंले बिरोध जनाउन खोजे पनि नयाँ–नयाँ पार्टी भएको हुनाले बिरोध जनाउन असमर्थ भए । थापाले एकीकृत समाजवादीको अध्यक्षको हैसियतले सो कार्यक्रममा सपथ नखांदा कार्यकर्ताहरु आश्चर्य चकित भए । थापाले पर्सा एकीकृत समाजवादीको नेतृत्व सम्हाले देखि पार्टी जिल्ला कमिटीको बैठक तीन पटक मात्र बसाएको र सचिवालयको बैठक करिब ५÷६ वटा बसाए पनि निर्णयहरु अहिलेसम्म माईन्युटबुकमा लेख्न नसकेको जानकारहरु बताउदंछन् ।

बैठक नामको मात्र बसाउने र केन्द्रिय सर्कुलरहरु पटक–पटक आए पनि सो सम्बन्धमा बैठकमा एजेण्डा नै नराखी सो सर्कुलरहरुको ठाडो उलंघन गर्दै पार्टीलाई हालसम्म अनिर्णयको बन्दी बनाउदां केन्द्रिय नेतृत्वले पर्सा नेतृत्वमाथि ध्यान नदिंदा आम पार्टी कार्यकर्ताहरु आश्चर्यमा रहेका छन् ।
पर्सा जिल्लाको १४ वटा स्थानिय तह र १८२ वटा वडामध्ये एक दुई वटा स्थानिय तह र दुई चार वटा वडा कमिटी नामको मात्र गठन बाहेक कहिं थापाले कमिटी गठन गर्न सकेका छैनन्, तर थापाले केन्द्रिय कमिटीमा चारै तिर कमिटी गठन भएको र जनवर्गीय संगठनहरु चुस्तदुरुस्त रहेको भन्दै कागजी रिपोर्ट पठाएर एकीकृत समाजवादीलाई धोखा दिईरहेपनि केन्द्रिय नेतृत्वको ध्यान नजानु पार्टीको लागि घातक रहेको कार्यकर्ताहरुको टिप्पणी रहेको छ ।

पर्सा पार्टीलाई खरानी बनाईसकेका अध्यक्ष थापाले सबै जनवर्गीय संगठन मध्ये समाजवादी प्रेस संगठन नेपाल पर्सा चुस्तदुरुस्त रहे पनि सो संगठनलाई राम्रो आँखाले हेर्न नसकेर सोलाई पनि खरानी बनाईसकेको जगजाहेर नै छ । थापा लामो समय देखि कम्युनिष्ट रहे पनि उनमा कम्युनिष्टको आचरण नरहेको, कुशल संगठक नरहेको, तत्कालिन राजा ज्ञानेन्द्र विरुद्ध र अन्य आन्दोलन पटक–पटक हुँदा कुनै पनि आन्दोलनमा पर्सामा उनको उपस्थिति रहेन ।

उनी आन्दोलनताका कहिले काठमाडौं, त कहिले भारतको दिल्लीमा विभिन्न बहाना बनाएर लुकेर बसेका थापाले उनी वीरगंजमा खोलेका आफ्नो क्याम्पसमा मात्र भरपुर समय दिएर पार्टीको लोगोलाई भजाउदै आफ्नो सम्बन्ध स्थापित मात्र गर्दै आएको पर्साका पार्टी कार्यकर्ताहरुको भनाई रहेको छ ।

“एकीकृत समाजवादी बन्दा पर्सामा पार्टी प्रति आकर्षित कार्यकर्ताहरु भए पनि थापाकै असंक्षमताले गर्दा छिपहरमाई गाउँपालिकाका ९५ प्रतिशत नेता कार्यकर्ताहरु, कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी बस्ने समाजवादीबाट बनेका वडाध्यक्षका उम्मेदवार डा. दिलिप कुशवाहा, वीरगंज महानगरपालिका वडा नं. १ का वडाध्यक्षका उम्मेदवार बिरेन्द्र कण्ठ, वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार सत्यनारायण मण्डल, वडा नं. २१ का वडाध्यक्षका उम्मेदवार जलन्धर पटेल, वडा नं. १२ र १४ लगायतका दर्जनौ उम्मेदवारहरु र जिल्ला बन कार्यालयको आपूर्ती समिति सदस्यमा रहेकी धर्मशिला यादव पनि पार्टी छोडिसकेका छन् । थापाकै असंक्षमताका कारण स्थानिय तहमा पर्सामा एउटा पनि वडा सदस्य जित्न सकेन । ”

यतिमात्र कहाँ हो र ? संघिय र प्रदेश निर्वाचनमा सारा काम छोडेर कमाण्डरलाई चुनावमा होमिनु पर्ने ठाउँमा थापा विदेश पोर्चुगल (डेनमार्क) भ्रमणमा बुहारी बिरामी छ भन्दै हेर्न गए । पर्सा पार्टीको सचिवालयमा ठाउँ–ठाउँबाट टिपेर राजनितीक अनुभव बिहिन व्यक्ति मात्र राखी थापाले बहुमतको दम्भ देखाउँदै पर्सामा रहेका अन्य केन्द्रिय सदस्यहरुलाई अनावश्यक लान्छना लगाउन पछि परेका छैनन् । संघिय चुनावमा पार्टी केन्द्रिय नेतृत्वले सुरुमा एक लाख र पछि एक लाख गरी दुई पटक पर्सा पार्टीको खातामा रकम पठायो । सो खाताको मोबाईल एसएमएसमा थापाकै नम्बर रहेको छ ।

तर सुरुको एक लाख आएको सन्दर्भमा पर्सा पार्टीलाई जानकारी दिए पनि दोस्रो पटकको रकमको बारेमा चुनाव बितेको करिब एक महिना पछि जानकारी गराए । सो कुराको पार्टीका अन्य नेता कार्यकर्ताहरु खोजबिन गर्दा थापाले आफुलाई रकम आएको बेला थाहा नभएको प्रतिक्रिया दिएका थिए । जबकि मोबाईल एसएमएसमा उनकै नम्बर रहेको छ । पर्सा पार्टीलाई बलियो र मजबुत बनाउनुको सट्टा तहसनहस बनाईसकेका अध्यक्ष थापाको विकल्प यथाशिघ्र केन्द्रिय नेतृत्वले खोजेन भने बाकी रहेका कार्यकर्ताहरु पलायन हुन बेर छैन्।

(लेखकः समाजवादी प्रेस संगठन नेपाल पर्साका कार्य समिति सदस्य हुन ।)

कमेन्ट गर्नुहोस्
error: Content is protected !!