‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन २७, २०८१

१२०४  पटक हेरिएको

विराटनगर ।  विराटनगर महानगरपालिकाका मेयरसमेत रहनुभएका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रका युवालाई आग्रह गर्नुभयो ।
मोरङको केराबारीस्थित लागूपदार्थ तथा मादक पदार्थ उपचार केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुभएका कोइरालाले लागूपदार्थलगायतका कुलतमा लागेका व्यक्तिहरुले आफूलाई सुधारेर समाजमा उदाहरणीय कार्य गरेको बताउनुभयो ।

देश विकास गर्ने अभिभारा युवाको काँधमा भएकाले युवाहरु सही बाटोमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले पछिल्लो समय सुधार केन्द्रहरु बढ्दै जानु चिन्ताको विषय भएको चर्चा गर्नुभयो । अभिभावकहरु सचेत भएमा युवाहरु कुलतमा फस्ने क्रममा कमी आउने मेयर कोइरालाले बताउनुभयो ।

‘देशका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ,’ उहाँले थप्नुभयो, ‘बाँकी रहेका युवा पनि कुलतमा फस्दै जाने भने देशको विकास कसरी हुन्छ ? सोचनीय विषय बनेको छ । तीनै तहको सरकारको सहकार्य र समन्वयले कुलतमा लागेका युवालाई सही बाटोमा ल्याउन सकिन्छ ।’ मेयर कोइरालासहितको टोलीले स्थानीय युवा, पार्टीका नेता तथा कार्यकर्ताहरुसित समेत भेटघाट गरेको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!