विराट क्याम्पसमा विद्यार्थी विदाई तथा स्वागत कार्यक्रम सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, साउन २७, २०८१

३८८२  पटक हेरिएको

विराटनगरको सन्सारीमाइस्थानस्थित विराट क्याम्पसले आज एक भव्य कार्यक्रमको आयोजना गरी ३३ औँ ब्याचका २९ जना विद्यार्थीलाई विदाई तथा कक्षा ११ मा भर्ना भएका १३३ जना नयाँ विद्यार्थीलाई स्वागत गरेको छ।

क्याम्पसका प्रिन्सिपल आरसि कोइरालाका अनुसार कलेजमा हाल कक्षा ११ र १२, बीबीएस र एसिसिए गरी कुल ७०० विद्यार्थी अध्ययनरत छन्। २०४८ सालमा स्थापित यस कलेजलाई सोम्स कलेजको नामले पनि चिनिन्छ।

कार्यक्रममा बोल्दै साहायक क्याम्पस प्रमुख रोशन घिमिरेले विद्यार्थीहरूलाई गुणस्तरीय र रोजगारमुखी शिक्षा प्रदान गर्दै उज्ज्वल भविष्य निर्माणका लागि कलेज सदैव प्रतिबद्ध रहेको बताए।

सोही अवसरमा कलेजले शिक्षक महेश्वर दाहाल र ईन्द्रलाल ठाकुरलाई उनीहरूको योगदानको कदर गर्दै सम्मानित गरेको छ। कार्यक्रमका प्रमुख अतिथि त्रिविका क्षेत्रीय सह परीक्षक नियन्त्रक डा. डिल्ली प्रसाईले विद्यार्थीहरूलाई संस्कारसहित रोजगारमुखी शिक्षा हासिल गर्न आग्रह गर्दै भविष्यमा सफल हुनको लागि शुभकामना व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!