विराटनगरमा युवा दिवसमा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, साउन २८, २०८१

१७५८  पटक हेरिएको

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१२ स्थित रहेको कंचनजंगा पार्टी प्लालेसमा “अन्तर्राष्ट्रिय युवा दिवस”को अवसरमा बिद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन तथा कानूनी प्रावधान सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

आज बिहान “समृद्ध नेपाल सुखी नेपालीका लागि युवा सशक्तीकरण” भन्ने मुल नाराकासाथ General Federation Of Nepalese Trade Unions (GEFONT), Enhance skills for sustainable and rewarding employment (ENSSURE) तथा उद्योग संगठन मोरङद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बिराटनगर स्थित रहेका बिभिन्न बिद्यालयहरुबाट सहभागी १५० जना बिद्यार्थीहरुलाई प्रमुख प्रशिक्षक कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी निरीक्षक तोरण परियारले लागुऔषध दुर्व्यसन तथा कानूनी प्रावधानको विषयमा प्रशिक्षण प्रदान गर्नुका साथै उनिहरुसंग अन्तरक्रिया समेत गर्नु भएको थियो । उक्त कार्यक्रममा (GEFONT), (ENSSURE) र उद्योग संगठन मोरङका प्रतिनिधिहरु तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।

लागुऔषध दुर्व्यसनबाट व्याक्ति तथा समुदाय नै प्रभावित हुदैँ गईरहेको र लागुऔषध सेवनले अपराध जन्य गतिबिधीहरु बढिरहेकोले यस्ता गतिबिधिहरुलाई प्रभाबकारी ढंगबाट निर्मुल पार्न कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरुले लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतनामुलक कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!