मधेस सरकारले ८ राज्यमन्त्रीलाई हटायो

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, साउन २९, २०८१

१३६६  पटक हेरिएको

मधेस प्रदेश सरकारले आफ्नो मन्त्रिपरिषद्मा रहेका ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सतिसकुमार सिंहले मंगलबार प्रदेश प्रमुखसमक्ष यस सम्बन्धी पत्र पेश गरेका हुन्।

केही समयअघि मात्र नियुक्त भएका यी राज्यमन्त्रीहरूलाई हटाउने निर्णय केन्द्र सरकारका सत्तारुढ दलहरूबीच भएको सहमतिअनुसार भएको बताइएको छ। प्रदेश सरकारले जम्बो मन्त्रिपरिषद् विस्तार गरेको भन्दै व्यापक आलोचना भएपछि यस्तो निर्णय गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए।

बर्खास्त हुने राज्यमन्त्रीहरूमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह, मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग रहेका छन्।

मधेस प्रदेश सरकारका प्रवक्ता टिकाराम उप्रेतीले मुख्यमन्त्री कार्यालयबाट ८ वटै राज्यमन्त्रीलाई पदमुक्त गर्ने पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!