विराटनगरमा ज्येष्ठ नागरिकहरूको निःशुल्क मधुमेह परीक्षण शिविर

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, भाद्र ०४, २०८१

१३५५  पटक हेरिएको

विराटनगर। विराटनगर वडा नं. ११ स्थित जेष्ठ नागरिक वडा कार्यसमिति ध्यान केन्द्रले लायन्स क्लब अफ विराटनगरको सहकार्यमा निःशुल्क मधुमेह परीक्षण शिविरको आयोजना गरेको छ।

यस शिविरमा २०० भन्दा बढी जेष्ठ नागरिकहरूको सहभागिता रहेको थियो, जसमा उनीहरूको रगतमा चिनीको मात्रा जाँच गरिएको थियो। जेष्ठ नागरिकहरूको स्वास्थ्यप्रति विशेष चासो राख्दै आयोजित यो शिविरको उद्घाटन जेष्ठ नागरिक वडा कार्यसमिति ध्यान केन्द्रका अध्यक्ष अर्जुन कुमार भट्टराईले गरे। उनले मधुमेहको गम्भीरता र यसको समयमै उपचार नगरेमा आउने जटिलताहरूका बारेमा जानकारी दिँदै यस्ता शिविरहरूले जेष्ठ नागरिकहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन सहयोग पुर्याउने बताए।

शिविर विराटनगर-११ स्थित जेष्ठ नागरिक सेवा केन्द्रको भवनमा सम्पन्न भएको थियो। सहभागी जेष्ठ नागरिकहरूले यो महत्वपूर्ण पहलका लागि आयोजकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!