भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्न हुन्न: रवि लामिछाने

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

३६८३  पटक हेरिएको

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने प्रस्तावको घोर विरोध गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचारमा हदम्याद राख्ने कुनै सम्झौता गर्न नसकिने बताए।

“टेलिफोनमा २ हजारभन्दा बढी कल आएको छ । सामाजिक सञ्जालमा भिडियो बनाइएको रहेछ । भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद बारेमा छलफल हुँदै रहेछ, समितिमा यो-यो सांसद छन् भन्ने रहेछ,” लामिछानेले भने। उनले भ्रष्टाचारविरुद्धको अभियानमा लागेका युवाहरूलाई धन्यवाद दिँदै भने, “नो इफ, नो बट हाम्रो कुरा क्लियर कट छ, भ्रष्टाचारमा हदम्याद हुनु हुँदैन।”

लामिछानेले नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्नुपर्नेमा जोड दिए। उनका अनुसार मन्त्रिपरिषद्‌मा लगेर निर्णय हुने भएकाले नीतिगत भ्रष्टाचारको स्पष्ट परिभाषा हुन आवश्यक छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!