विराटनगरका युवा व्यवसायी महेशकुमार साह स्वर्णकार कोशी प्रदेश सुन चाँदी व्यवसायी महासंघको सदस्यमा मनोनित

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

८१९३  पटक हेरिएको

बिराटनगर । बिराटनगरका युवा व्यवसायी एवं राजनीतिक व्यक्तित्व महेशकुमार साह स्वर्णकारलाई नेपाल सुन चाँदी व्यवसायी महासंघको कोशी प्रदेश सदस्यमा मनोनयन गरिएको छ। शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा नेपाल सुन चाँदी व्यवसायी महासंघको कोशी प्रदेश समितिले उहाँलाई यस पदमा मनोनित गरेको हो।

महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दियेसरत्न शाक्य, कोशी प्रदेश अध्यक्ष रमेश रसाइली, र कोशी प्रदेश उपाध्यक्ष तथा विराटनगर शाखा अध्यक्ष शशिभूषण साहले स्वर्णकारलाई प्रदेश सदस्यको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

यस कार्यक्रममा कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार प्रमुख अतिथि रहेकी थिइन्। उक्त कार्यक्रममै नेपाल सुन चाँदी व्यवसायी महासंघले कोशी प्रदेशमा आचार संहिता सम्प्रेषण २०८१ लागू गरेको घोषणा गरेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!