विराटनगरमा भव्य कृष्ण जन्माष्टमी शोभायात्रा

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, भाद्र १०, २०८१

३००७  पटक हेरिएको

बिराटनगर।  श्री सत्यनारायण मन्दिर बिराटनगर ले आज विराटनगरमा भव्य कृष्ण जन्माष्टमी शोभायात्राको आयोजना गरेको छ। सत्यनारायण मन्दिरबाट सुरु भएको  शोभायात्रा तीनपहिनीको राधाकृष्ण मन्दिर र श्याम बाबाको मन्दिर हुँदै पुन सत्यनारायण मन्दिरमा पुगेर सम्पन्न भएको थियो।

शोभायात्रामा नेपाल सोनार समाज फाउन्डेसन ,विभिन्न संघसंस्था, विद्यालय र ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो। भक्तजनहरूले भगवान श्रीकृष्णको मन्दिरमा दर्शन गरी भजनकीर्तनमा रमाएका थिए।

नेपाल सोनार समाज फाउन्डेसनका अध्यक्ष महेशकुमार साह स्वर्णकारले कृष्ण जन्माष्टमीको महत्वबारे बोल्दै यो पर्वले धर्म, संस्कृति र परम्पराप्रतिको आस्था जगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सनातन धर्मावलम्बीहरूले यो पर्वलाई विशेष रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो।

कृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूको महान् चाड हो। यस पर्वले सत्य, धर्म र न्यायप्रतिको आस्था सुदृढ गर्ने विश्वास गरिन्छ। यस वर्षको शोभायात्राबाट समाजमा धार्मिक सहिष्णुता र सांस्कृतिक एकतालाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!