२०९७ पटक हेरिएको
मोरङ। मोरङको हसन्दहमा प्रहरीले करिब ८० किलो अवैध माछा बरामद गरि नष्ट गरेको छ । भारतिय नागरिक शाहनवाज मियाँले भारतको सिक्टिबाट अमरदह हुँदै भित्र्याएको मुङ्ग्री र जलकपुर प्रजातीको अवैध माछा प्रहरीले नष्ट गरेको हो ।
अस्थाई प्रहरी चौकी हसन्दहका प्रहरी सहायक निरीक्षक बालकृष्ण निरौला नेतृत्वको टोलिले सोमबार बिहान करिब ४ बजे मियाँलाई अवैध माछा लिएर पथरी तर्फ जाँदै गर्दा भारतीय नम्बर प्लेट ‘बिआर ३८ ए ९९३४’ को मोटरसाईकल सहित हसन्दहबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीले मियाँको साथबाट करिब ५० केजि प्रतिबन्धित मुंग्री प्रजातीको माछा र करिब ३० केजि जलकपुर प्रजातीको माछा बरामद गरेको हो । बरामद गरिएको माछा स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरुको रोहवरमा नष्ट गरिएको हो । माछा सहित पक्राउ परेका मियाँ र मोटरसाईकल अहिले प्रहरी नियन्त्रणमा छन् । प्रहरीले यसबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।