विराटनगरमा टेबल टेनिस प्रतियोगिता सम्पन्न, बुढानिलकण्ठ स्कुल विजेता

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, भाद्र २९, २०८१

१३८२  पटक हेरिएको

विराटनगर। विराटनगरमा जारी बिपी कोइराला स्मृति अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद तथा युवा विभाग नेपाली काँग्रेस मोरङले बिपी कोइरालाको १११ आंै जन्म जयन्तीका अवसरा प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताअन्तर्गत क्याडेट गल्र्स सिंगलतर्फ बुढानिलकण्ठ स्कुलकी मानसी तामाङ प्रथम, नमुनाविद्या मन्दिरकी अनन्या धुत द्वितीय, अरनिकोकी स्वर्णिमा कोइराला र श्री श्री रविशंकरकी स्वस्तिका चौधरी तृतीय भए । ब्वाइजतर्फ बुढानिलकण्ठ स्कुलका आयान श्रेष्ठ प्रथम, अरनिको स्कुलका आयुद्ध भण्डारी द्वितीय, अरनिकोका बिदर्भ गौतम र बुढानिलकण्ठकै प्रेमराज थापा तृतीय भए ।

त्यस्तै, सबजुनियर गल्र्स सिंगलतर्फ श्री श्री रविशंकरकी स्वाति साह प्रथम, सेन्ट मेरिजकी आस्था खड्का द्वितीय, एभरेष्ट स्कुलकी कृपा पोखरेल र सेन्ट जोसेफकी अनुखी साह तृतीय भइन् । ब्वाइज सिंगलतर्फ लिलिपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, एभरेष्टका सक्षम बस्नेत द्वितीय, श्री श्री रविशंकरका पीयूष यादव र बुढानिलकण्ठका रोशन रजक तृतीय भए ।

त्यसैगरी, जुनियर गल्र्स सिंगलतर्फ सेन्टमेरिज स्कुलकी बिज्ञता थापा प्रथम, सेन्टमेरिजकै अपाला साह द्वितीय, सेन्टमेरिजकै मानसी सेठिया र एभरेष्टकी प्रनिता गिरी तृतीय भए । ब्वाइज सिंगलतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता प्रथम, बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठ द्वितीय, नमुनाविद्या मन्दिरका डेभिड बोहरा र लिलिपुट स्कुलका पृथकराज राई तृतीय भए ।

महनगरपालिकाभित्रका १८ वटा विद्यालयका १ सय ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा–४ देखि १० सम्मकाहरुलाई विभिन्न समूहमा राखेर प्रतियोगिता आयोजना गरिएको खेलकुद तथा युवा विभाग संयोजक प्रकाश दाहालले जानकारी दिए ।

सो अवसरमा टेबलटेनिस खेलमा अनवरत रुपमा लाग्दै आएका अखिल नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानियाँ र पूर्वअन्तर्राष्ट्रिय खेलाडी बिकेन थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता महेश आचार्य, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)लगायतले खेलाडीलाई पुरस्कारका साथै सम्मानपत्र प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!