पथरीशनिश्चरे गोल्डकपमा दुई ‘ए’ डिभिजन सहित ८ क्लबले प्रतिस्पर्धा गर्ने

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

१८७१  पटक हेरिएको

मोरङ। मोरङको पथरीमा संचालन हुने अन्तराष्ट्रिय आमन्त्रण प्रथम ईन्ट्रा पथरीशनिश्चरे गोल्डकपमा ‘ए’ डिभिजन राष्ट्रिय लिग खेल्ने संंकटा फुटबल क्लब र बृगेड ब्वाईज सहित ८ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।आयोजक पथरी ११ फुटबल क्लबले सोमबार पथरीमा पत्रकार सम्मेलन गर्दै गोल्डकपमा दुई ‘ए’ डिभिजन क्लब सहित एक भारतिय क्लबले सहभागीता जनाउने जानकारी दिएका हुन ।

‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने नाराको साथ् आगामी असोज ५ गतेदेखि १२ गते सम्म संचालन हुने गोल्डकप प्रस्तावित पथरी शनिश्चरे रंगशालामा संचालन हुनेछ । गोल्डकपलाई ईन्ट्रा फाउन्डेसनले मुख्य प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रतियोगितामा संकटा क्लब , बृगेड ब्वाइस क्लब , भारतीय क्लब यु.के.एफ.सि , झापा ११ , पाँचथर क्लब , सहलेस फुटबल क्लब सिरहा , धरान सिटि क्लब र आयोजक पथरी ११ ले प्रतिस्पर्धा गर्ने भएका छन् ।पत्रकार सम्मेलनमा बोल्दै आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले खेलको माध्यमबाट पथरीशनिश्चरेलाई विश्व माझ चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने उपविजेताले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने विकले जानकारी दिए । पत्रकार सम्मेलनमा पथरीशनिश्चरे नगरका उपप्रमुख देवीमाया काफ्ले , मोरङ फुटबल संघका अध्यक्ष संजिब बुढाथोकी , पथरीशनिश्चरे नगर खेलकुद समितिका अध्यक्ष दिपक राई , खेल संयोजक जितन राई लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!