खेलकुद सामान्य प्रशासन मन्त्रीले गरे प्रधानमन्त्री प्रचण्डलाई चीनमा स्वागत

Logo
स्थानिय अवाज प्रकाशित शनिबार, आश्विन ०६, २०८०

११८४  पटक हेरिएको

काठमाडौं । आठ दिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई त्यहाँका खेलकुद सामान्य प्रशासन मन्त्री गाओ जिदानले स्वागत गरेका छन् ।

चिनियाँ ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका जिदानले हाङ्झाउ विमानस्थलमा स्वागत गरेका हुन्। संयुक्त राष्ट्र संघको ७८ औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्डसहितको टोली न्युयोर्कबाट चीन पुगेको हो ।

प्रधानमन्त्री प्रचण्डले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्ता गर्ने भएका छन् । भेटवार्तापछि चीनको हाङ्झाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी हाङ्जाओ पुगिसकेका छन् ।

प्रधानमन्त्री भोलि बेइजिङ जानेछन् । न्युयोर्कको पाँच दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आठ दिने चीन भ्रमणमा गएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा कृषि, स्वास्थ्य, सडक, नाका, जलविद्युत्, व्यापार घाटालगायतका क्षेत्रमा छलफल हुनेछ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!