
११९४ पटक हेरिएको

विराटनगर। अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा कार्यरत संस्था समुदायमा आधारित पुनस्र्थापना (सीबीआर) विराटनगरको नयाँ नेतृत्व चयन भएको छ। सोमबार सम्पन्न भेलाले श्रीमती शोभा पोखरेललाई अध्यक्षमा चयन गरेको हो।
नवगठित ११ सदस्यीय समितिमा उपाध्यक्षमा डा. संझना प्रधान, कोषाध्यक्षमा डीएल चौधरी र निवर्तमान अध्यक्ष कनुलाल चौधरी रहेका छन्। यसैगरी, नवीन दाहाललाई सदस्य सचिवमा चयन गरिएको छ। भेलाले तीन सदस्यीय निर्देशक समिति पनि गठन गरेको छ। जसमा डा. भेषप्रसाद धमला, कविराज न्यौपाने र पद्मा रिजाल सदस्य छन्। २०४६ साल फागुनमा स्थापित सीबीआरले कोशी प्रदेशका ७४ वटा पालिकामा सेवा पुर्याउँदै आएको छ। संस्थाको भर्खरै सम्पन्न साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को आयव्यय विवरण प्रस्तुत गरिएको थियो।