महिला जागरण समूहले मनायो ७औँ जितिया महोत्सव

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

२०२७  पटक हेरिएको

बिराटनगर । महिला जागरण समूह जामुनगाछी विराटनगरले आज ७औँ जितिया महोत्सव मनाएको छ । विराटनगर–५ मा आयोजित यस महोत्सवमा नेपाली समाजमा संस्कार, परम्परा र महिलाहरूको योगदानको महत्त्वलाई उजागर गरिएको थियो ।

कार्यक्रममा आभा फाउन्डेसनकी अध्यक्ष आभा अनुपामाले महिलाहरूको सशक्तीकरणको अभियानमा महिला जागरण समूहले खेलेको भूमिकाको प्रशंसा गर्दै यसलाई सराहनीय बताउनुभयो । साथै, अपन परोपकार विराटगढ समाजका अध्यक्ष वसुन्धरा झा र समाजसेवी विजय यादवले पनि जितिया पर्वको शुभकामना दिँदै यसको महत्त्वमाथि जोड दिएका थिए ।

कार्यक्रम संयोजक सन्जु यादव, सपना यादव, सिया यादव र सुमन मण्डलले जितिया पर्वको महत्त्व र धर्म, सांस्कृतिक संरक्षणका लागि सरकारलाई आग्रह गरेका छन् ।यस वर्षको जितिया महोत्सवमा समाजमा विशेष योगदान पु¥याएका एक दर्जनभन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । महिला जागरण समूह विराटनगरले यस्ता विभिन्न सामाजिक कार्यक्रमहरू निरन्तर गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!