विराटनगर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आश्विन १५, २०८१

७७६  पटक हेरिएको

विराटनगर। चाडपर्वको समयमा यात्रुहरूलाई सुरक्षित यात्राका लागि विराटनगर बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज उक्त कक्षको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा प्रहरी प्रमुख खापुङले चाडपर्वको समयमा मानिसहरूको आवातजावत बढ्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको बताए। उनले बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिनुले यात्रुहरूलाई थप सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले भने, “यातायात व्यवसायी, यातायात मजदुरलगायत सबैको सहयोगमा हामीले सुरक्षित यात्रा सुनिश्चित गर्नेछौँ।”

कोशी प्रदेशका १४ वटै जिल्लाका बसपार्क र यात्रुहरूको बढी चाप हुने स्थानहरूमा यस्ता कक्ष स्थापना गरिने प्रहरीले जनाएको छ। यात्राका क्रममा कुनै समस्या परेमा यात्रुहरूले नजिकैको यात्रु सहायता कक्ष वा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!