बिहीबारदेखि विराटनगरमा थकाली विराट सडक महोत्सव

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, आश्विन १६, २०८१

२८२९  पटक हेरिएको

विराटनगर। नेपालीको महान पर्व विजया दशमीको अवसरमा चौथो थकाली विराट सडक महोत्सव आयोजना हुने भएको छ । मञ्जिना मुभिज क्रिएसन प्रा.लि. को आयोजनामा हुने यस महोत्सवले विराटनगर आउने जो कोहीलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखेको छ।

हिमालय रोडमा असोज १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा २७ वटा स्टलमा विभिन्न जातजातिका परिकारहरू उपलब्ध हुनेछन्। साथै, राष्ट्रिय कलाकारहरूको प्रस्तुतिले महोत्सवलाई थप रङ्गीन बनाउनेछ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बिहीबार यस महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। दशैंको रौनक बढाउने गरी सजाइएको यस महोत्सवमा सात दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना हुनेछन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!