
३१७२ पटक हेरिएको

पोखरा। पोखराको फेवातालमा ग ३ च २३९२ नम्बरको कार खसेको छ ।
कार पोखरा महानगरपलिका १८ रातोमाटे डाडाँको सडक बाट फेवातालमा खसेको ट्राफिक कार्यलय कास्कीले जनाएको छ । कार सेदीबाट खपौदी जाँदै गरेको थियो । कार सडकबाट करिब ३० मिटर तल फेवातालमा खसेको हो ।
सो कार गए राति ३ बजे मापसे र तिब्र गतिका कारण दुरर्घटना भएको बताइएको छ । उक्त कार शम्भु थापाले हाकेका थिए ।कारमा कति जना सवार थिए भन्ने खुल्न नसकेको हो ।
कारमा सवार सबैको अवस्था समान्य रहेको छ । कार लाई बिहान जिल्ला ट्राफिक कार्यलय कास्कीले क्रेनको सहयोगमा निकालिएको छ र घटनाको बारेमा थप अनुसन्धान भइरहेको ट्राफिक कार्यलय कास्कीले जनाएको छ ।