६४७ पटक हेरिएको
नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखाको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने १२ जनालाई सम्मान समेत गरिएको छ । मोरङको हसन्दहमा बिहीबार आयोजित वार्षिक साधारणसभामा संस्थामा आवद्द रहि विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने १२ जनालाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मोरङका कोषाध्यक्ष केदार थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा रेडक्रसमा आवद्ध व्यक्तिहरु सहित स्थानीय जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
हसन्दह उपशाखाका अध्यक्ष भोलानाथ घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपशाखाका सदस्य प्रकाश सुवेदीले स्वागत मनतव्य राखेका थिए भने पथरीशनिश्चरे नगरपालिकाका कार्यपालिका सदस्य पदम धिमाल , वडा नं ६ का जनप्रतिनिधि विष्णु लिम्बू , रक्तदाता बेदनाथ खतिवडा , शिक्षक चन्द्रप्रसाद राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । उपशाखाका सचिव लक्ष्मीप्रसाद सुवेदीद्वारा सञ्चालित कार्यक्रममा अध्यक्ष भोलानाथ घिमिरेले संस्थाले गत आर्थिक वर्षमा सम्पन्न गरेका गतिविधिहरुको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय शिक्षाप्रेमी तथा रेडक्रसका आजिवन सदस्य किरण थापा , आजिवन सदस्यहरु डिल्लिराम चौलागाईं , सत्यनारायण महत्तो , युवराज राजवंशी , दानु क्षेत्री , भगवती राई , वेदनाथ खतिवडा , लिला घिमिरे , गोपालप्रसाद लुँईटेल लगायतलाई सम्मान गरिएको थियो ।
शिक्षाप्रेमी स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा विसं २०५४ सालमा स्थापित नेपाल रेडक्रस सोसाइटी हसन्दह उपशाखा स्थापनाकालदेखि नै विपत न्यूनीकरण , उद्दार एवम् मानवीय सहायताको क्षेत्रमा क्रियाशिल छ भने नियमितरूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।