नेपाल अग्रवाल महिला मञ्चले विराटनगरमा निःशुल्क खानेपानीको व्यवस्था

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, आश्विन १८, २०८१

१३०९  पटक हेरिएको

विराटनगर। नेपाल अग्रवाल महिला मञ्चले सार्वजनिक स्थानमा निःशुल्क खानेपानीको व्यवस्था गरेको छ। मञ्चले राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखा कार्यालय अगाडि खानेपानी मेसिन जडान गरेको हो। यसबाट बाटो हिँड्ने सर्वसाधारणले सजिलैसँग स्वच्छ पिउने पानी पाउनेछन्।

यो परियोजना सम्पन्न गर्न मञ्चले २ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ। शुक्रबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल लगायतले यो परियोजनाको उद्घाटन गरेका थिए।

नेपाल अग्रवाल महिला मञ्चकी अध्यक्ष उमा चौधरीले समाज परिवर्तनका लागि विभिन्न क्षेत्रमा काम गरिरहेको बताइन्। उनले यस परियोजनालाई सफल बनाउन पूर्वअध्यक्ष देवकिनन्दन अग्रवालले महत्वपूर्ण भूमिका खेलेको बताइन्।

यस कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कोशी प्रदेशका उपप्रमुख कमला तिम्सिना, विराटनगर शाखाका प्रवन्धक हेमराज मराठा लगायतको उपस्थिति रहेको थियो

कमेन्ट गर्नुहोस्
error: Content is protected !!