विभिन्न माग राख्दै काङ्ग्रेस कोशिले मुख्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, आश्विन २०, २०८१

१०५२  पटक हेरिएको

मोरङ ।हालैको बाढीपहिरोबाट प्रभावित भएकाहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै कोशी काङ्ग्रेसले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । काङ्ग्रेस कोशी प्रदेशले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री कार्किलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा असोज ९ देखि १२ सम्म परेको अविरल वर्षाका कारण कोशी प्रदेशमा मात्रै २० जनाको मृत्यु , ७ जना बेपत्ता र ६२१ घरपरिवार विस्थापित भएको उल्लेख गर्दै मृतकको परिवारलाई राहत , घाईतेलाई निशुल्क उपचार , बेपत्ताको खोजी र विस्थापितहरुलाई पुनर्स्थापनाको माग गरिएको काङ्ग्रेस कोशी प्रदेशका प्रवक्ता यदु बिष्टले बताए ।

दलका सभापति एवं संसदीय दलका नेता उद्धव थापाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बाढीबाट भएको क्षतिको विस्तृत विवरण र तत्काल राहत एवं पुनर्निर्माणका लागि विभिन्न मागहरू प्रस्तुत गरिएको छ । नेपाली कांग्रेस कोशी प्रदेशले यो विपत्तिको घडीमा प्रदेश सरकारले तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ । चाडपर्वको समयमा आएको यो प्राकृतिक विपत्तिले थप चुनौती सिर्जना गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री कार्किले ज्ञापनपत्र बुझ्दै आज दिउँसो बस्ने मन्त्रीपरिषद बैठकले मृतकका परिवारलाई राहत , घाईतेको उपचार र भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि ठोस निर्णय गर्ने जानकारी दिएको प्रवक्ता बिष्टले बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!