मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी दम्पतीले मकालु आधार शिविरको सफल पदयात्रा सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, कार्तिक ०३, २०८१

१७८२  पटक हेरिएको

विराटनगर। मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र उहाँकी श्रीमती रेखा राठीले गत असोजमा मकालु आधार शिविरको सफल पदयात्रा सम्पन्न गरेका छन् । विजया दशमीको अवसर पारी दम्पतीले यो पदयात्रा गरेका हुन् ।

विश्वको पाँचौं अग्लो चुचुरो मकालुको आधार शिविर ४८७० मिटरको उचाइमा अवस्थित छ । यस आधार शिविरको पदयात्रामा यात्रुले ८० हजारभन्दा बढी खुड्किला चढ्नुका साथै विभिन्न हिमाल, पहाड, नदी, झरना, सांस्कृतिक गाउँहरू र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्ने अवसर पाउँछन् ।

मकालु–वरुण राष्ट्रिय निकुञ्जभित्र पर्ने यो आधार शिविरको पदयात्रा चुनौतीपूर्ण भए पनि अध्यक्ष राठी दम्पतीले आफ्नो साहस र दृढ इच्छाशक्तिले यो यात्रा सफल पारेका छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!