२३६५ पटक हेरिएको
विराटनगर । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९८ औं जन्मोत्सव अर्थात् ‘मोहम्मद डे’ का अवसरमा विराटनगरमा बिहीवार बृहत र्याली निकालिएको छ।
उक्त पर्वका अवसरमा मुस्लिम समुदायले र्याली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ।
मोहम्मद डेका अवसरमा उत्त धर्म मान्ने धर्मालम्वीहरुले बिराटनगरमा शान्ति र्याली सहित नगरका बिभिन्न ठाउँ परिकरमा गरेका थिए ।
मोहम्मद डेलाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ। नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद जयन्ती भनेर पनि मनाउने धार्मिक अगुवा बताउँछन्। मोहम्मद डेका अवसरमा मुस्लिम समुदायहरु गरिब तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगन सरसफाई गर्ने, घरमा इस्लामिक झण्डा फहराउने, दिप–प्रज्ज्वलन गर्ने लगायत क्रियाकलाप गर्छन्।