धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, कार्तिक ०९, २०८१

१८५४  पटक हेरिएको

काठमाडौं। धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिने कार्यमा संलग्न रेहको अभियोगमा खोटाङ हलेसीतुवाचुङ नगरपालिका -८ घर भई सुनसरी धरान बस्ने ४२ वर्षीय नयन्द्र कुमार राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल युट्युब लगायत डिजिटल प्लेटफर्महरूबाट धार्मिक सहिष्णुता माथि आघात पुर्‍याउने, घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने श्रव्य दृश्य सामाग्री निर्माण तथा प्रसारण गरेको कार्यमा संलग्न उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरानसँगको समन्वयमा धरानबाट पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंको आदेशले ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!