माओवादी सचिव आचार्य अस्वस्थ, अछामबाट हेलिकप्टरमा नेपालगन्ज ल्याइयो

Logo
स्थानिय अवाज प्रकाशित बुधबार, आश्विन १७, २०८०

२५००  पटक हेरिएको

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् ।

३ महिने विशेष रूपान्तरण अभियान अन्तर्गत अछाम जिल्लाको समीक्षा बैठकमा सहभागी हुन पुगेका सुदूरपश्चिम इन्चार्ज रहेका आचार्य अस्वस्थ भएका हुन् ।

स्वास्थ्यमा समस्या आएसँगै बयलपाटा अस्पतालमा उपचार सम्भव नभपछि उनलाई नेपालगन्ज ल्याइएको छ । उनलाई सेनाको हेलिकप्टरमा नेपालगन्ज ल्याइएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए । उनको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको भट्टको भनाइ छ । नेपालगन्ज मेडिकल कलेजमा उनको उपचार सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!