क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, कार्तिक २४, २०८१

३३७९  पटक हेरिएको

काठमाडौं।क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराईदिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ८ घर भई हाल भक्तपुर बस्ने ४३ वर्षीय गोकर्ण पराजुलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

अध्ययनको सिलसिलामा क्यानडामा रहेको छोराको कलेज शुल्क तिर्नको लागि ह्वाट्सएप मार्फत क्यानडामा रहेको बताउने मनिष परियारसँग कुराकानी भई निजले क्यानडामा रहेको आफ्नो साथी गोकर्णले पीडितको छोराको कलेज शुल्क बुझाईदिने भनी सम्पर्क गराई ८ लाख १७ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न गोकर्णलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!