एसीसी यू-१९ प्रिमियर कपका लागि नेपाली टिमको घोषणा

Logo
स्थानिय अवाज प्रकाशित बुधबार, आश्विन १७, २०८०

९५२  पटक हेरिएको

काठमाडौं । यहि असोज २५ देखि कार्तिक ७ गतेसम्म मेलिसियामा हुने यू-१९ एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले देव खनालको कप्तानीमा १४ सदस्यीय टिक घोषणा गरेको हो । टिममा खनालसहित आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहोरा, दीपक बोहोरा, उत्तम थापा मगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहोरा छन्।

त्यस्तै प्रज्वल थापा, विपिन रावल, निर्मल गुरूङ र राजेश यादवलाई रिजर्भमा राखिएको छ।

नेपाल समूह ए मा परेको नेपाल रहेको समूहमा साउदी अरवसँगै बहराईन र इरान रहेका छ्न । प्रतियोगिताको शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछ ।

समूह चरणको पहिलो खेलमा नेपालले २५ गते इरानसँग खेल्दै प्रिमियर कपको सुरुआत गर्नेछ। २८ गते घटस्थापनाको दिन बहराइनसँग तथा समूह चरणको अन्तिम खेलमा कार्तिक २ गते साउदी अरेवियासँग खेल्ने तालिका छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!