जनता समाजवादी पार्टीको मोरङ जिल्ला कार्यालय उद्घाटन

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, मंसिर ०९, २०८१

४६१  पटक हेरिएको

विराटनगर ।जनता समाजवादी पार्टी (जसपा) ले आज विराटनगरमा आफ्नो मोरङ जिल्ला स्तरीय पार्टी कार्यालयको उद्घाटन गरेको छ। पार्टी अध्यक्ष अशोक राईको नेतृत्वमा रहेको जसपाले यसै वर्षको सुरुवातमा मोरङ जिल्लालाई पार्टी संगठन विस्तारको केन्द्र बनाउने घोषणा गरेको थियो।

आज भएको उद्घाटन समारोहमा पार्टीका सह–महासचिव एवं संघीय सरकारका खानेपानी मन्त्री प्रदिप यादवले प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यालयको उद्घाटन गरेका छन्। मन्त्री यादवले यस कार्यालयको स्थापनाले जसपालाई मोरङ जिल्लामा थप मजबुत बनाउने र जनताको सेवामा अझै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा जसपा मोरङ जिल्ला अध्यक्ष मो. नसरुल, उपाध्यक्ष सत्यप्रकाश लुनिया, सचिव विकास मण्डल लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा पार्टीका नेताहरूले मोरङ जिल्लामा पार्टीको संगठनलाई थप सुदृढ बनाउने र जनताका समस्या समाधानका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस उद्घाटन समारोहले मोरङ जिल्लामा जसपाको राजनीतिक उपस्थितिलाई थप बलियो बनाएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!