रंगेली नगरपालिका काे कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर बिराेध गर्दै

Logo
रबिन्द्र बराल प्रकाशित शुक्रबार, आश्विन १९, २०८०

३३४५  पटक हेरिएको

बिराटनगर । संघीय निजामती सेवा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन गर्न थालेका छन् ।

रंगेली नगरपालिका काे कार्यालयमा कार्यरत कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर कार्यालय अगाडि धर्ना दिएका छन् । ऐन नबन्दा सबैभन्दा पीडित आफूहरू बन्नुपरेको भन्दै उनीहरूले तत्काल संघबाट ऐन पारित हुनुपर्ने  नगरपालिकाका सम्पूर्ण कर्मचारीले माग गरेका हुन्। संघीय निजामती सेवा ऐन नबन्दा सबैभन्दा पीडित स्थानीय तहका कर्मचारी भएकोले आफूहरूका माग समेटेर विधेयक पारित हुनुपर्ने रंगेली का प्रकाश रेग्मीले बताए । स्थानीय तहका कर्मचारीले २० बुँदे माग अघि सारेका छन्। उनीहरूले ऐनको नाम नै परिवर्तन गर्नुपर्ने माग गरेका छन्।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन राख्नुपर्ने उनको माग छ। त्यस्तै संघ, प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समेट्नु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्ने, तीनवटै तहमा तहगत प्रणाली लागू गर्नुपर्ने माग राखेका छन ।

उनीहरूले सरुवा प्रणाली, तालिम, बढुवा, सेवा सुरक्षालगायतका विषय पनि उठान गरेका छन्। उनीहरूले स्थानीय सेवाका कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने, आधिकारिक ट्रेड युनियनमा भाग लिने व्यवस्था गरिनुपर्ने माग पनि समेटेका छन । कार्यक्रममा नगरका सम्पुर्ण कर्मचारी हरु ले बिराेध स्वरुप हातमा कालाे पट्टि बाँधेर बिराेध जनाएका छन ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!