पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखामा किसानसँगै धान झाँट्दै

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, मंसिर ११, २०८१

४११४  पटक हेरिएको

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखामा पार्टीको कामको सिलसिलामा पुगेका छन् । हिजो मात्रै गोरखा पुगेका भट्टराई आज गोरखा नगरपालिका वडा नम्बर ५ स्थित नांग्लेपानीमा किसानहरूसँग धान झाँट्न व्यस्त देखिएका छन् ।

पछिल्लो समय भट्टराईले गोरखाको बारम्बार भ्रमण गरिरहेका छन्। यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि गोरखा पुगेका थिए। दाहाल २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका हुन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!